बैंकिङ खबर । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सर्वोत्कृष्ट वित्तीय प्रतिवेदन तर्फ रनर अपको अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सस्था (आइक्यान) ले आर्थिक बर्ष २०७५/०७६ मा सर्वोत्कृष्ट वित्तीय प्रतिवेदन बुझाउने संस्थाको रुपमा उक्त अवार्ड प्रदान गरेको हो ।
सो अवार्ड आईक्यानको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीलाई प्रदान गरेका छन् । फस्र्ट माइक्रोफाइनान्सले उक्त अवार्ड विकास बैक तथा फाइनान्स कम्पनीहरुको समूहवाट प्राप्त गरेको हो ।