बैंकिङ खबर । गत आर्थिक बर्ष २०७५/०७६ को ११ महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलनमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको ११ महिनाको तथ्यांक अनुसार अघिल्लो बर्षको सोहि अवधीमा भन्दा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलनमा ०.२ प्रतिशतले गिरावट आएको हो ।
आर्थिक बर्ष २०७५/०७६ को ११ महिना महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाहरुले १३.३ प्रतिशतले निक्षेप बढाएका थिए भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.५ प्रतिशतले बढेको थियो ।
२०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.२ प्रतिशत, ३२.५ प्रतिशत र ४७.६ प्रतिशत रहेको छ । २०७५ जेठ मसान्तमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३४.५ प्रतिशत र ४५.७ प्रतिशत रहेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ । २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत रहेको छ । २०७५ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।