भिमकुमारी आच्छामी , बैंकिङ खबर । कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । मंगलबार एक सुचना जारी गर्दै बैंकले लेखापाल देखि वरिष्ठ शाखा प्रमुख सम्म पदका लागि ३८४ जना कर्मचारी माग गरेको हो ।
जसमा चौथो तहको व्यवसाय साहयक पदमा सबैभन्दा धेरै एक सय सात कर्मचारी मागेको छ भने नवौँ तहको वरिष्ठ शाखा प्रमुखमा अधिकृतका लागि ८ कर्मचारी माग गरेको छ । जसमा खुलातर्फ ४, महिलातर्फ १, आदीवासी जनजाति तर्फ १, मधेशीतर्फ १, अपाङ्गतर्फ १ कर्मचारी माग गरेको छ ।
यसैगरि बैंकले बरिष्ठ लेखा अधिकृतका लागि बैंकले २२ कर्मचारी मागेको छ । जसमा खुलातर्फ २२, महिलातर्फ १२, आदिवासी जनजाति तर्फ ३, मधेशीतर्फ ३, अपाङ्गतर्फ २, दलित तर्फ १ र पिछडिएको क्षेत्रतर्फ १ कर्मचारी मागेको छ ।
बैंकले सातौँ तहको वरिष्ठ ईन्जिनीयरिङ्ग (आईटी) तर्फ अधिकृत पदमा २० कर्मचारी मागेको छ । जसमा खुलातर्फ ११, महिलातर्फ ३, आदीवासी जनजाति तर्फ २, मधेशीतर्फ २ र दलिततर्फ १ र अफङ्गतर्फ १ कर्मचारी माग गरेको छ ।
यस्तै पाँचौँ तहको व्यवसाय सहायकमा बैंकले सबैभन्दा धेरै १ सय ७ कर्मचारी माग गरेको छ । जसअन्तर्गत खुलातर्फ ५९, महिलातर्फ १५, आदीवासी जनजाति तर्फ १४, मधेशीतर्फ १०, दलिततर्फ ४, अपाङ्गतर्फ ३ र पिछडिएको क्षेत्रतर्फ २ कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ ।
बैंकले पाँचौँ तहको एमआइएस सहायकका लागि १३ जना कर्मचारी मागेको छ । जसअन्तर्गत खुलातर्फ ७, महिला २, आदीवासी जनजाति २, मधेशी १ र दलिततर्फ १ कर्मचारी मागिएको छ । भने पाचौँ तहको ओभरसियर (सिभिल) सहायकका लागि बैंकले ५ कर्मचारी माग गरेको छ । जसमा खुलातर्फ ३, महिलातर्फ १ र आदीवासी जनजाति तर्फ १ कर्मचारी मागिएको हो ।
विराटनगर, भैरहवा तथा सुर्खेत केन्द्रका लागि लेखापाल सहायकका लागि दरखास्त आह्वान बैंकले गरेको छ । भैरहवा केन्द्रका लागि चौथो अन्तर्गत १०० लेखापाल सहायक मागिएकोे छ । जसमा खुलातर्फ ५४, महिलातर्फ १५, आदीवासी जनजाति तर्फ १३, मधेशीतर्फ १०, दलिततर्फ ४, अपाङ्गतर्फ २ र पिछडिएको तर्फ २ कर्मचारी मागेको छ ।
यस्तै, सुर्खेत केन्द्रका लागि बैंकले यस विज्ञापनमा चौथो तहका लेखापाल सहायकका लागि ४२ कर्मचारी मागेको छ । जसमा खुलातर्फ २३, महिलातर्फ ६, आदीवासी जनजाति तर्फ ६, मधेसीतर्फ ४, दलिततर्फ २ र अपाङ्गतर्फ १ कर्मचारी मागेको छ ।
बैंकले विराटनगर केन्द्रका लागि चौथो तहअन्तर्गत लेखापाल सहायकका लागि ६७ कर्मचारीको दरखास्त आह्वान गरेको छ । जसमा खुलातर्फ ३६, महिलातर्फ १०, आदीवासी जनजाति तर्फ ८, मधेसीतर्फ ७ , दलिततर्फ ३, अपाङ्गतर्फ २ र पिछडिएको क्षेत्रतर्फ १ जना कर्मचारी माग गरिएको छ ।
विज्ञापनमा आवेदन दिनका लागि इच्छुकहरुले विज्ञान खुलेको (असार–३१) दिनदेखि २१ दिनभित्र अर्थात साउन २० सम्ममा दरखास्त फारम भर्नुपर्नेछ । त्यस्तै दोब्बर दस्तुर तिरेर फारम भर्नका लागि साउन २१ गते देखि साउन २७ सम्म समय तोकिएको छ ।