बैंकिङ खबर । विहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजोको तुलनामा आज छापावाला सुनको मुल्यमा ४ सय रुपैयाले वृद्धि भएको छ । बुधबार छापावाल सुन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, विहिबार तेजावी सुन प्रतितोला ६४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार चाँदी बुधबारको तुलनामा ५ रुपैयाँले बढेर बिहिबार प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।