विहिवार सुनको भाउ बढेको छ । बुधबार स्थिर रहेको सुनको भाउ विहिबार तोलामा चार सय रुपैयाँका दरले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार विहिबार छापावाल सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ५६ हजार ७ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ५६ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको थियो भने तेजावी सुन प्रतितोला ५६ हजार ३ सय ५० रुपैँया दरले कारोबार भइरहेको थियो ।
सुनको भाउ सँगै चाँदी पनि दस रुपैयाँले महँगिएको छ । महासंघका अनुसार विहिबार चाँदी तोलाको ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार ५ रुपैँया प्रतितोलाका दरले बढेर चाँदी ७ सय ९५ रुपैँया प्रतितोलामा कारोबार भइरहेको थियो ।