Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हेर्नुस्, बैंकिङ क्षेत्रको विकासका लागि विज्ञहरुका केही टिप्स

admin २०७३ असार २ गते
सेयर:

bittya sangh 1नेपालका अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघद्धारा आयोजित ‘प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र हाम्रो सरोकार’ विषयको अन्तक्र्रियामा उनीहरुले बंैकको विकास भएमा मात्र देशको विकास हुने बताए । 

सभासद् रामहरि खतिवडाले देशलाई बचाउन बैंकिङ क्षेत्रमा हाबी भएको एकाधिकार प्रणालीको अन्त्य गर्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावलले नेपालमा बैंक तथा वित्तीय संस्थाको विकासका लागि सरकार, बैंकिङ क्षेत्र तथा जनताको सामूहिक प्रयास जरुरी रहेको बताए । त्यस्तै, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीले बंैक तथा वित्तीय संस्थाका लागि बन्ने कानुन कमजोर तथा निमुखाको पक्षमा हुनुपर्ने औँल्याउँदै ठूलो लगानीकर्ताको एकलौटी हुन नहुने जिकिर गरे । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष डा रवीन्द्रप्रसाद पाण्डेले संस्थागत सुशासनले मात्र बैंक तथा वित्तीय संस्थाको हित हुने र यसलाई राम्रो तथा सकारात्मक मार्गदर्शन प्राप्त हुने बताए । राष्ट्र बैंक वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेसका प्रतिनिधि महेन्द्रप्रसाद यादव, युएन नेटवर्क इन्टरनेसनलका प्रतिनिधि राजेन्द्रप्रसाद आचार्य लगायतले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया)मा संशोधन गरिने मस्यौदा प्रस्तावमा ठोस तथ्य नभएको बताए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।