July 2nd, 2019

मेचि सहकारीले यसरी बदल्यो दमकका सर्वसाधारणको दैनिकी (रिपोर्ट)

बैंकिङ खबर । झापा दमकका बलभद्र चुडालको दैनिकी आजकल फेरिएको छ । विगतमा वैदेशिक राजगारमा विभीन्न खाडीमुलुक चहारेका चुडाल हिजो आज विहानै अटो रिक्सा झिक्छन् र दिनभर ग्राहकलाई रिझाएर साझँमा पुग्छन् झापा दमक ६ को मेचि सहकारी संस्था ।
करीब ६ महिनाअघि मेचि सहकारी संस्थाबाट लिएको ऋणको दैनिक किस्ता तिर्ने मात्र हैन घरको सबै खर्चको जोहो पनि यहिबाट गर्दै आएका छन् चुडालले । ‘बचत र ऋण त सवै सहकारीले गरेकै छन्,’ चुडाल भन्छन्, ‘दिर्घकालिन सुरक्षाको लागि मैले मेचि सहकारी रोजेँ ।’ पहिले विदेशबाट फर्किएपछि विदेश जादाको ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहने उनी अहिले मेचिको किस्ता र साहुको ऋण पनि सहजै चुक्ता गरिरहेका छन् ।

बदलिँदै जीवनशैली
चुडाल त एक प्रतिनिधि पात्र मात्रै हुन । मेचि सहकारी संस्थाले अहिले आफ्ना सदस्यहरुको सेवाको लागि विभीन्न २८ वटा सुविधा उपलव्ध गराउँदै आएको छ । जसबाट सदस्यको जिवन स्तर उकास्ने मात्रै हैन जिवनशैली नै परीवर्तन भएका छन् । सदस्यको व्यबसाय संचालन र प्रवद्ध्र्रनमा लागेको संस्था निम्नस्तरका सदस्यहको पनि जिवनस्तर सुधार गर्न लागिपरेको छ ।

सदस्यको आकर्षण बढ्दै
संस्थाले दिईरहेको सेवा सुविधाका कारण आर्कषण बढ्दो रहेको छ । यो आर्थिक वर्षमा ४२२ सदस्य वृद्धि गरेको संस्थाले आउदो आ.व मा करीब एक हजार.सदस्य वृद्धि गर्ने लक्ष्य लिएको छ ।

एम्बुलेन्सदेखि बीमासम्मको सुविधा
सदस्यहरुलाई वार्षिक रुपमा कारोबारका आधारमा ५ प्रतिसतसम्म छुट र नियमित कर्जामा १ प्रतिशत छुट प्रदान गर्नुका साथै जिवन सुरक्षण कोषको पनि व्यबस्था गर्दै आएको छ । यो आर्थिक वर्षमा सस्थाले संचालन गरेको एम्बुलेन्स प्रयोगमा १२८ जना सदस्यले छुट पाएका छन् भने ३ जना सदस्यले एम्बुलेन्स सौभाग्यसाली पुरस्कार प्राप्त गरेका छन् ।

सहकारीले सम्पुर्ण सदस्यलाई ५० हजार रुपैयाँसम्मको दुुर्घटना बीमा र एक हजार माथि मासिक जम्मा गर्ने सदस्यलाई एक लाखसम्मको व्यापक दुर्घटना बीमाको व्यवस्था गरेको छ । जुन सुविधा यो वर्ष एक एक सदस्य परीवारलाई उपलव्ध गराएको छ ।

संस्थाले प्रत्येक वर्ष दश दिन लगाएर सदस्य शिक्षा कार्यक्रम गर्दै अएको मा यो वर्ष पनि सो कार्यक्रममा १९२९ सदस्य सहभागि भए ।

प्रत्येक वर्ष नेपाल दर्शनको लागि सदस्यहरुलाई पश्चिम नेपालका विभिन्न स्थानको अवलोकन गराउने संस्थाले जेष्ठ सदस्यहरुलाई सम्मान तथा विभिन्न तिर्थस्थानहरुको दर्शन र बाल सदस्यहरुको लागि समेत भ्रमण गराउदै आएको छ । यो अर्थिक बर्षमा यि सबै भ्रमण कार्यक्रमामा २७४ सदस्य सहभागि भएका संस्थाका व्यवस्थापक खोम बगालेले बताए ।

विपत्तीमा पनि साथ
यो वर्ष दमक ४ का श्याम दहाल र दमक १०का भक्त बहादुर शेर्माको को घरमा भएको आगलागी जस्तो प्राकृतिक विपत्तिमा घरमै पुगेर प्रकृतिक प्रकोप राहत कोष वितरण गरेको थियो । ‘सदस्यलाई विपत पर्दा संस्था साथमै छ भन्ने आभास दिलाउन पनि विपत्तिको समयमा संस्था घरमै गएर प्रकृतिक प्रकोप राहत कोषको रकम हस्तान्तरण गर्ने गरेका छौँ,’ बगालेले भने । प्रकृतिक विपत्ती मात्र हैन सदस्यलाई मुटु क्यान्सर र मृगौला सम्बन्धि रोग लागेमा पनि संस्थाले रु पचास हजार उपचार खर्च उपलव्ध गराउँदै आएको छ । यो वर्ष ७ जना सदस्यलाई सो सुविधा उपलव्ध गराएको वगालेले बताए ।

सन्तुष्ट ग्राहक
यस्ता विभीन्न २८ सेवा सुविधाले गरेर मेचि सहकारी संस्थाका सदस्यहरु सन्तुष्ट छन् । ‘सदस्यहरुको सेवामा मेचि सहकारी संस्थाले दिएको सुविधा सुनेरै सदस्य बनेको हो । अहिले एकदम खुसी छु,’ मेचि सहकारीमा यसै वर्ष सदस्य बनेकी गौरामाया दाहाल भन्छिन्, ‘अब उद्यम गर्न पनि तनाब नहुने भयो ।’ यस्तै पुराना सदस्य गणेश तामाङ्गको अनुभब पनि उस्तै रहेको छ । ‘पहिले व्यबसाय कसरी सुरु गरुँ भएको थियो,’ उनी भन्छन्, ‘मेचिमा सदस्य भए पछि यहिबाट लिएको ऋणले संचालन गरेको होटल नै अहिले कमाईको गतिलो माध्यम बनेको छ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]