लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तीनजनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले महाप्रसाद अधिकारी, राधेश पन्त र सरोज कोइरालाको नाम लगानी बोर्डको सीईओका लागि सिफारिस गरेको हो ।
समितिद्धारा सिफारिस भएकामध्येबाट एक जना बोर्डको सीईओमा नियुक्त हुनेछन् । मन्त्रिपरिषद्को अर्को बैठकले नै यस विषयको टुंगो लगाउने सम्भावना छ । समितिले पहिलो चरणमा ४ जनाको नाम छनौट गरेको थियो । पदका लागि परेका ८ वटा निवेदन परेका थिए ।
समितिबाट एक नम्बरमा सिफारिस भएका अधिकारी राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनर हुन् । पन्त लगानी बोर्डका वर्तमान सीईओ हुन् भने कोइराला वैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील छन् ।