Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान लघुवित्तको हकप्रद खुल्यो, असार १ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२०७६ असार १२ गते

बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ८८ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

हकप्रदमा साउन १५ गतेसम्म आवेदन दिन पाइने सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । असार १ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

लघुवित्तले २० प्रतिशत बोनस सेयर पनि दिंदैछ । २० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम पुँजीबाट लघुवित्तले फेरि अर्को २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ ।

Ad