June 23rd, 2019

आगलागी पिडीतलाई स्वदेशी लघुुवित्तको राहत

बैंकिङ खबर । स्वदेशी लघुुवित्त वित्तिय संस्थाको बर्दियास्थित राजापुुर शाखाले आगलागी पिडीतलाई राहत प्रदान गरेको छ ।

गत जेठ ५ गते भएको आगलागीबाट शाखाको केन्द्र न. ५२ मा आबद्ध सदस्य कृषला थारुको राजापुुर नगरपालिका वडा नं. ५, बर्काभौरामा संचालित पाउराटी उद्योग क्षतिग्रस्त भएको थियो । उनलाई राहत स्वरुप संस्थाको नियम अनुुसार ग्राहक संरक्षण कोषबाट छ हजार रुपैयाँ उपलब्ध गराइएको लघुवित्तले जनाएको छ ।

उक्त रकम राजापुुर शाखाका शाखा प्रमुुख भगतराज सुुवेदीले केन्द्रमै गई हस्तान्तरण गरेका थिए ।

संस्थाले लघुुवित्त कार्यक्रममा आबद्ध सदस्यहरुको मृत्युु, दैविप्रकोप, श्वस्थ्य उपचार आदिमा राहत प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]