June 20th, 2019

मेची सहकारीद्धारा शैक्षिक सामाग्री हस्तान्तरण

बैंकिङ खबर । मेची सहकारी संस्था दमकले विद्यार्थीहरुलाई शैक्षिक सत्रका लागि आवश्यक सामाग्रि हस्तान्तरण गरेको छ । संस्थाले शैक्षिक अविभावकत्व ग्रहण गरेका विद्यार्थीहरुलाई यो शैक्षिक सत्रका लागि आवश्यक सामाग्रि हस्तान्तरण गरेको हो ।
संस्थाले गएको शैक्षिक सत्र देखी आफ्नो कार्यक्षेत्र भित्रका दश विद्यालयका एक – एक विद्यार्थीको शैक्षिक अविभावकत्व ग्रहण गरेको थियो । जसमा संस्थाले १० जना विद्यार्र्थीका लागि आवश्यक शैक्षिक सामाग्रीहरु किताब, कपि, कलम, पेन्सील, ड्रेस, टाई बेल्ट, जुत्ता, झोला लगायतका सम्पुर्ण सामग्रीहरु क्षेत्रीय सम्पर्क समिती मार्फत विद्यालयको रोहवरमा सम्वन्धीत विद्यार्थीलाई हस्तान्तरण गरेको छ ।
संस्थाले वाणि मा. वि., कमल मंगलमय मा. वि.कमल , पृथ्वी मा. वि.दमक, जनता आ. वि. दमक, विध्योदय आ. वि., पाणिनि मा. वि. दमक, चुलाचुलि मा. वि. दमक, दिपिनी आ वि., र ढुकरपानि मा. वि.दमकका एक एक विद्यार्थि लाई कक्षा १२ सम्मको सम्पुर्ण शैक्षिक खर्च र आवश्यक शैक्षिक सामाग्री उपलव्ध गराई उत्कृष्ठ विद्यार्थिलाई रोजगार को समेत व्यवस्था गरिने संस्थाका वजार तथा सूचना विभाग प्रमुख चन्द्र प्रसाद थापाले जानकारी दिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]