June 13th, 2019

३० महिलालाई स्वावलम्वन लघुवित्तले दियो पशुपालन तालिम

बैंकिङ खबर । स्वावलम्वन लघुवित्तको जुम्लास्थित खलंगा उपशाखाले पशुपालन तालिम सम्पन्न गरेको छ । संस्थाले तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउपालिकाका ३० जना महिला व्यवसायीहरुलाई तालिम दिएको हो ।

तालिममा व्यवसायिक पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरुका साथै पशुपालन कार्यमा आईपर्ने विभिन्न समस्या र समधानका उपायहरुका बारेमा जानकारी दिइएको थियो ।

तालिमले आफुले भैसी पाल्दै गर्दा भएका कमिकमजोरीलाई सुधार गरि आगामी दिनमा अझ दुध उत्पादनमा वृद्धि हुने सहभागी व्यवसायीहरुले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]