June 10th, 2019

दश कम्पनीको आईपीओ अनुमतिको पर्खाइमा, २५ ले पाए अनुमति

काठमाडौं । १० वटा कम्पनीले प्राथमिक सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरूले २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरका २ करोड ६ लाख ८० हजार ३६० कित्ता प्राथमिक सेयर निष्कासनको माग गरेका छन् ।

बोर्डले सार्वजनिक गरेको विवरणमा विभिन्न १० कम्पनिहरूले आईपीओ निष्कासन अनुमतिको माग गर्दै विभिन्न समयमा आवेदन दिएका हुन् ।

आवेदन दिने कम्पनीहरूमा ग्रिनलाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार चार सय, लिबर्टी इनर्जी कम्पनीको ३७ लाख ५० हजार, सुभम पावर कम्पनीको ५ लाख ८० हजार ५८०, घोडीघोडा लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार ६ सय, सिभिल क्यापिटलको ३ लाख, मैलुङ खोला जलविद्युत् कम्पनीको ७ लाख ३६ हजार २८६, माउन्टेन इनर्जी नेपालको स्थानीयका लागि १९ लाख ६८ हजार २७ र सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ गरेर जम्मा ३९ लाख ३६ हजार ५४, शिव श्री हाइड्रोपावरको ३३ लाख ५१ हजार १४०, सबैको लघुवित्त वित्तीय संस्थाको ५ लाख ३० हजार, आधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख, गर्जङ उपत्यका हाइड्रोपावरको २ लाख, लौघिङ बुद्ध पावर नेपालको ९ लाख ७८ हजार र सीईडीबी हाइड्रो फडको २२ लाख ८९ हजार तिन यस कित्ता सेयर (आईपीओ) पाइपलाइनमा रहेका छन् ।

यी कम्पनीमध्ये गर्जङ उपत्यका हाइड्रोपावरले २०७३ असोज, लौघिङ बुद्ध पावर नेपालले २०७४ जेठ, सीईडीबी हाइड्रो फन्डले २०७४ असार र मैलुङ खोला जलविद्युत् कम्पनीले २०७४ असोजमा नै निष्कासन अनुमति माग गरेको हो । हालसम्म पनि यी कम्पनीहरू अनुमतिकै पर्खाइमा रहेका छन् ।

त्यस्तै, चालू आर्थिक वर्षको हालसम्म २५ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । यी कम्पनीहरूले १८ अर्ब ३६ करोड ५९ लाख ३७ हजार ८ सय रुपैयाँ बराबरका १८ करोड ३६ लाख ५९ हजार ३७८ कित्ता सेयर निष्कासनको अनुमति पाएको हो ।

अनुमति पाएकामध्ये केही कम्पनीहरूको आईपीओ जारी समेत भइसकेको छ । कालिका पावर कम्पनी, चौतारी लघुवित्त, हिमालयन ऊर्जा विकास (स्थानीय) कम्पनीमध्ये भोटेकोसी जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिर्भसल पावर कम्पनी, शिव श्री हाइड्रोपावर, पाँचथर पावर, ग्रिनलाइफ हाइड्रो पावर, आशा लघुवित्त, हिमालयन ऊर्जा विकास (सर्वसाधारण), युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, स्पर्श लघुवित्त, त्रिशुली जलविद्युत् कम्पनी, गणपति माइक्रोफाइनान्स, सान्जेन जलविद्युत् कम्पनी, रसुवागडी हाइड्रोपावर, नेपाल एग्रो लघुवित्त, गुराँस लघुवित्त, जनसेवी लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर कम्पनीहरूले आईपीओ निष्कासनको अनुमति पाएको हो । यी कम्पनीहरूमध्ये अधिकांश कम्पनीहरूको आईपीओ जारी भइसकेको छ । राजधानी दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]