Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल लाइफको एफपीओ प्रकरण : बोर्डले नेप्सेसँग माग्यो स्पष्टीकरण

२०७३ जेष्ठ ३२ गते

dhitopatraनेपाल लाइफ इन्स्योरेन्सको एफपीओ जारी गर्ने सूचना सार्वजनिक गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग स्पष्टीकरण मागेको छ । मूल्य निर्धारणमा नियामक निकायबाट अनुमति नै नलिएको अवस्थामा दोस्रो बजारमा मूल्य प्रभावित हुने गरि दिएको सूचना के आधारमा वेभ साइटमा सार्वजनिक गरेको भन्दै नेपाल धितोपत्र बोर्डले सोमबार नेप्सेलाई स्पष्टीकरण सोधेको हो ।  
 
नेपाल लाइफ इन्स्योरेन्सले गत विहीबार प्रिमियम मूल्यमा एफपिओ गर्ने सूचना नेप्सेमा सार्वजनिक गरेको थियो । प्रतिकित्ता २८ सय ५१ रुपैयाँ जोडेर २९५१ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको सूचना सार्वजनिक भएको थियो । 

अहिले कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको र लामो समयसम्म शेयर कारोबार नरोकिने जानकारी बोर्डले दिएको छ । बोर्डका अनुसार कम्पनीकै अधिकारीहरुसँग छलफल गरेर प्रिमियम मूल्य टुंगो लगाउने योजना बनाइएको छ ।