June 4th, 2019

बागलुङमा धौलागिरी स्तरीय बृहत सहकारी सम्मेलन हुने

बैंकिङ खबर । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा बागलुङ बजारमा धौलागिरी स्तरीय बृहत सहकारी सम्मेलनको आयोजना हुने भएको छ ।

धौलागिरी क्षेत्रलाई सहकारीको तिर्थस्थलको रुपमा विकास गर्ने तथा सहकारीको दर्शन, मुल्य र मान्यतामा आधारित व्यवसायिक सहकारीहरुको विकास र सु सञ्चालन गर्ने उद्देश्यका साथ यहि मिति २०७६ जेठ २६ र २७ गतेका दिन सम्मेलनको आयोजना गर्न लागिएको संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

धौलागिरी क्षेत्रमा क्रियाशिल सहकारी संघ÷संस्थाहरुका संचालक, लेखा समिति तथा व्यवस्थापकिय प्रमुखहरुलाई समेटी सम्मेलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । सम्मेलनमा धौलागिरी क्षेत्रका सहकारी संघ संस्थाका प्रतिनीधि, गै.स.स र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, जिल्लाका १० वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, बेनी र कुश्मा नगरपालीकाका प्रमुख, उपप्रमुख, सहयोगि निकाय तथा राष्ट्रिय सञ्जालका प्रतिनिधि, श्रोतव्यक्ति, टिप्पणीकर्ता, पत्रकार, उद्यमी लगाएतका २५० भन्दा बढि व्यक्तिहरुको उपस्थिती रहने पौडेलको भनाई थियो ।

सम्मेलनमा गण्डकी प्रदेशमा सहकारीको सम्भावना अवसर, चुनौती र कानुनी व्यवस्थाको विषयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका उपसचिव बद्री अधिकारी, महिला सहभागिता प्रबद्र्धन तथा दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयमा राष्ट्रिय सहकारी महासंघका का.मु महाप्रवन्धक चित्राकुमारी थुमसुहाङ, तनाव व्यवस्थापनका लागि उत्प्रेरण र सकरात्मक सोच विषयमा उत्प्रेरक बालकृष्ण शर्मा, समृद्ध नेपाल निर्माणमा सहकारी संस्थाको भूमिका विषयमा विकास विज्ञ हिम्मतसिंह लेकाली, सुशासन प्रबद्र्धनमा स्थिरीकरण कोष तथा सक्षमता विकासका लागि एकिकरण अभिायनका सम्भावना तथा चुनौतिहरु विषयमा एसीयाली ऋण महासंघका निवर्तमान अध्यक्ष ऋषीराज घिमिरे, सहकारी उद्यमशिलता विकास सम्भावना तथा चुनौतीहरु विषयमा नेफ्स्कूनका सञ्चालक गोमा नेपाल सापकोटा र सहकारी संस्थामा ऋण तथा जोखिम व्यवस्थापन विषयमा राष्ट्रिय सहकारी बैंकका कर्जा विभाग प्रमुख प्रमोद कुमार घिमिरेद्धारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

करिब ११ लाख खर्चमा सम्पन्न गर्न लागिएको सम्मेलनका लागि राष्ट्रिय सहकारी विकास वोर्ड, स्थानीय तह, धौलागिरी क्षेत्रमा रहेका सहकारी संघ संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, राष्ट्रिय सहकारी बैंक, केन्द्रिय संघहरु लगाएतको सहयोग रहेको समेत पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जिल्ला सहकारी संघ म्याग्दीका कोषाध्यक्ष एवं पश्चिम दरबाङ सुरेन्द्र शर्मा पौडेल, पत्रकार महासंघ प्रदेश सदस्य संगम घर्तिमगर र नेफ्स्कूनका अधिकृत कवि न्यौपानेले मन्तव्य राखेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]