June 3rd, 2019

वित्तीय क्षेत्रमा प्रशस्तै रोजगारीको अवसर !!

बैंकिङ खबर । एनआईसी एशिया बैंकले २५० जनाका लागि खुलाएको जागीरका लागि आवेदन दिने म्याद सकिन लागेको छ । बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर र सर्भिस मेनेजर पदका लागि विभिन्न तहका कर्मचारी मागेको थियो । यसका लागि अनवेदन दिने म्याद ५ जुन अर्थात आगामी बुधबारसम्म मात्रै रहेको छ । (थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।)

यसबाहेक पनि बैंकिङ क्षेत्रमा थुप्रै भ्याकेन्सीहरु खुलिरहेका छन् । आफ्नो योग्यता र इच्छाअनुसारका जागीरका लागि एप्लाई गर्न सक्नुहुनेछ ।

नेपाल एग्रो लघुवित्तले एक जना कनिष्ठ अधिकृत, १० जना सहायक र केही संख्यामा सहायक प्रशिक्षार्थी मागेको छ । यसका लागि आवेदन दिने म्याद जेठ २६ गतेसम्म रहेको छ ।

स्पर्श लघुवित्तमा पनि जेठ २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । लघुवित्तले केही संख्यामा एसिस्टेन्ट ट्रेनी (एसएलसी वा एसईई), केही संख्यामा जुनियर एसिस्टेन्ट (एक वर्ष अनुभव), केही शाखा प्रबन्धक, मोनिटरिङ अफिसर, आईटी अफिसर र विभागीय प्रमुखहरु मागेको छ ।

सिभिल बैंकमा आवेदन दिने म्याद जेठ २७ गतेसम्म रहेको छ । बैंकले अपरेसन एसिस्टेन्ट, अपरेसन इन्चार्ज, रिलेसनसिप अफिसर, एसिस्टेन्ट अफिर र मेनेजर, ब्रान्च मेनेजर एवम् रेमिट्यान्स अपरेसन हेडका लागि १५७ जना कर्मचारी मागेको छ । (थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।)

नेपाल एसबीआई बैंकले चार जना सिनियर मेनेजर, एक जना लिगल अफिसर, एक जना इन्टर्नर अडिट अफिसर, एक जना जुनियर अफिसर (आईसीटी) र २१ जना जुनियर अफिसर मागेको छ । एप्लाई गर्ने म्याद जेठ २९ गतेसम्म रहेको छ । (थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]