June 3rd, 2019

राष्ट्र बैंकसँगको सहकार्यमा सहकारी अनुगमन गरिने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा सहकारी संस्थाहरुको अनुगमन गरिने भएको छ । विगतमा सहकारीको अनुगमनमा कडाइ नगरिँदा सहकारी नियन्त्रणबाहिर गएको हुँदा सहकारी विभागले नेपाल राष्ट्र बैंकसँग मिलेर अनुगमनको पाटो अगाडि बढाउन केन्द्रीय बैंकलाई पत्र लेख्ने सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले बताएका छन् ।

नयाँ सहकारी नियमावलीमा गरिएको व्यवस्थाअनुसार सहकारी अनुगमनको कार्यलाई कडाइका साथ अगाडि लैजाने विभागको योजना छ । यसपालीको बजेटले पनि सहकारीको व्यवस्थापन एवम् अनुगमनको पक्षलाई जोड दिएको छ । यसका लागि बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको एकीकरणलाई प्रोत्साहन गरिने भएको छ । त्यस्तै, सहकारीको नियमन र सुपरीवेक्षण प्रभावकारी बनाइने, सहकारीमा जोखिम न्यूनीकरणका लागि सहकारी कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गरिने तथा बचत तथा ऋण सहकारी संस्थाको कारोबार र ब्याजदर प्रतिस्पर्धी बनाइने बजेटमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]