May 31st, 2019

छिमेकी देश भारतमा यस्तो छ ‘बैंकिङ क्षेत्रको मर्जर’

बैंकिङ खबर । सन् १९६० को दशकमा भारतको बैंकिङ क्षेत्रलाई आर्थिक विकासको एक महत्वपूर्ण हिस्साको रुपमा लिन थालिएको हो । सो समयमा बैंकिङ क्षेत्र भारतको ठूलो रोजगारदाता बनेको थियो । साथमा बैंकहरुको राष्ट्रियीकरणको चर्चा पनि सुरु भएको थियो । सन् १९६९ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीद्धारा बैंकहरुको राष्ट्रियीकरण प्रक्रिया सुरु भएसँगै मर्जरको प्रक्रिया सुरु हुन थालेको पाइन्छ । पछिल्लो समय पब्लिक सेक्टर बैंकहरुको मर्जर चर्चामा रहेको छ । सरकारले बैंक अफ बरोडा, डेना र विजय बैंकलाई मर्जरमा लाने प्रक्रिया अघि बढाइरहेको छ ।

सन् १९६९ देखि हालसम्म भारतमा साढे तीन दर्जन मर्जर तथा एक्विजिसन भएका छन् । सन् १९६९ मा स्टेट बैंक अफ इन्डियाले बैंक अफ विहारलाई गाभेर यस प्रक्रियाको सुरुवात गरेको थियो । भारतमा हालसम्म भएका मर्जरहरु यसप्रकार छन् :
सन् १९६९ : स्टेट बैंक अफ इन्डिया र बैंक अफ विहार
सन् १९७० : स्टेट बैंक अफ इन्डिया र नेशनल बैंक अफ लाहोर
सन् १९८५ : युनियन बैंक अफ इन्डिया र मिराज स्टेट बैंक
सन् १९८५ : केनरा बैंक र लक्ष्मी कमर्सियल बैंक
सन् १९८५ : स्टेट बैंक अफ इन्डिया र बैंक अफ कोचिन
सन् १९८६ : पञ्जाव नेशनल बैंक र हिन्दुस्तान कमर्सियल बैंक
सन् १९८८ : बैंक अफ बरोडा र ट्रेडर्स बैंक
सन् १९८९ : अल्लाहबाद बैंक र युनाइटेड इन्डस्ट्रियल बैंक
सन् १९९० : इन्डियन ओभरसिज बैंक र बैंक अफ तमिलनाडु
सन् १९९० : इन्डियन बैंक र बैंक अफ थान्जभुर
सन् १९९० : सेन्ट्रल बैंक अफ इन्डिया र पूर्वाञ्चल बैंक
सन् १९९० : बैंक अफ इन्डिया र परोर सेन्ट्रल बैंक
सन् १९९३ : पञ्जाव नेशनल बैंक र न्यु बैंक अफ इन्डिया
सन् १९९४ : बैंक अफ इन्डिया र बैंक अफ कराड
सन् १९९५ : स्टेट बैंक अफ इन्डिया र काशीनाथ स्टेट बैंक
सन् १९९६ : वरियन्टल बैंक अफ कमर्श र पञ्जाव कोअपरेटिभ बैंक
सन् १९९७ : वरियन्टल बैंक अफ कमर्श र बरी डोब बैंक
सन् १९९९ : युनियन बैंक अफ इन्डिया र सिक्किम बैंक
सन् १९९९ : बैंक अफ बरोडा र बरेली कर्पोरेसन बैंक
सन् २००० : एचडीएफसी बैंक र टाइम्स बैंक
सन् २००१ : आईसीआईसीआई बैंक र बैंक अफ मदुरा
सन् २००२ : बैंक अफ बरोडा र वनारस स्टेट बैंक
सन् २००२ : आईसीआईसीआई बैंक र आईसीआईसीआई लिमिटेड
सन् २००३ : पञ्जाव नेशनल बैंक र नेडुगडी बैंक
सन् २००४ : वरियन्टल बैंक अफ कमर्श र ग्लोबल ट्रष्ट बैंक
सन् २००४ : बैंक अफ बरोडा र साउथ गुजरात लोकल एरिया बैंक
सन् २००५ : बैंक अफ पञ्जाव र सेञ्चुरियन बैंक
सन् २००५ : आईडीबीआई लिमिटेड र आईडीबीआई बैंक
सन् २००६ : आईडीबीआई लिमिटेड र युनाइटेड वेष्टर्न बैंक
सन् २००६ : नैनिताल बैंक र बैंक अफ बरोडा
सन् २००६ : फेडरल बैंक र गणेश बैंक अफ कुरन्दवाद
सन् २००६ : सेञ्चुरियन बैंक अफ पञ्जाव र लर्ड कृष्ण बैंक
सन् २००७ : इन्डियन ओभरसिज बैंक र भारत ओभरसिज बैंक
सन् २००७ :आईसीआईसीआई बैंक र सांग्ली बैंक
सन् २००८ : एचडीएफसी बैंक र सेञ्चुरियन बैंक अफ पञ्जाव
सन् २०१० : आईसीआईसीआई बैंक र बैंक अफ राजस्थान
सन् २०१४ : कोटक महिन्द्र बैंक र आईएनजी व्यासा बैंक
सन् २०१७ : स्टेट बैंक अफ इन्डिया र स्टेट बैंक अफ पटियाला
सन् २०१७ : स्टेट बैंक अफ इन्डिया र स्टेट बैंक अफ मैसुरी
सन् २०१७ : स्टेट बैंक अफ इन्डिया र स्टेट बैंक अफ हैदरावाद
सन् २०१७ : स्टेट बैंक अफ इन्डिया र स्टेट बैंक अफ विकानेर एण्ड जयपुर
सन् २०१७ : स्टेट बैंक अफ इन्डिया र स्टेट बैंक अफ ट्राभान्कोर
सन् २०१७ : स्टेट बैंक अफ इन्डिया र भारतीय महिला बैंक

अहिले भारत सरकार पब्लिक सेक्टरका तीन बैंकहरुलाई गाभ्ने प्रक्रियामा रहेको छ । युनियन मिनिस्ट्री अफ फाइनान्सले गरेको यो निर्णयलाई भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले स्वीकृति दिन बाँकी रहेको छ ।

भारतमा बैंकिङ रेगुलेसन एक्ट १९४९ अन्तर्गत बैंकहरुको मर्जर तथा एक्विजिसन गर्ने गरिन्छ । बैंक मर्जरका लागि दुई वा दुईभन्दा बढी बैंकहरुबीच सहमति भएपछि आरबीआईले अनुमति दिनुपर्ने प्रावधान छ भने यो विषयलाई पार्लियामेन्ट समेत उठाउनुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था छ । पार्लियामेन्टले उक्त मर्जरलाई मोडिफाई वा रिजेक्ट पनि गर्न सक्छ । पब्लिक वा प्राइभेट दुबै सेक्टरका बैंकलाई पार्लिमेन्टको स्वीकृति आवश्यक पर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]