प्रेमकान्ति चौधरी (दाउन्नेदेवी ५ गंगाबस्ती नवलपरासी)
पहिले मेरो परिवारमा पेट पाल्न पनि धौधौको स्थिती थियो । अहिले मेरो परिवारको दुःख हटेको छ । अहिले खान लाउनको कुनै दुःख छैन । यो सबै लघुवित्तको देन हो । म लघुवित्तमा आवद्ध भएसँगै मेरो अवस्था पूर्ण रुपमा फेरिएको छ ।
लघुवित्तले ल्याएको परिवर्तन
मैले जब लघुवित्त बैँकको बारेमा सुनेँ र बुझेँ मलाई पनि यसमा आवद्ध हुन मन लाग्यो । मैले नवप्रतिभाबाट १५ हजार रुपैँया ऋण लिएँ । सो पैसा लगानी गरेर मैले गाइपालन सुरु गरेँ । १५ हजारमा एउटा गाइ किनेर सुरु गरेको व्यवसायलाई मैले विस्तार गर्दै लगेँ । अहिले यहि व्यवसायबाट मैले मासिक १ लाख आम्दानी गरिरहेको छु ।
लघुवित्तको देन : उर्मिला गाईभैँसी फार्म
अहिले मैले उर्मिला गाई भैसी फार्म दर्ता नै गरेकी छु । १० वटा गाई भैँसी छन् मेरो फार्ममा । मैले गरेको व्यवसायमा परिवारको साथ र सहयोग भएकै कारण आज म सक्षम भएकी छु । आफ्नो व्यवसायलाई विस्तार गर्ने आट र जागँर पलाएको छ ममा । यसमा श्रीमान्को पनि ठूलो सहयोग छ । हामी दुईजना मिलेर नै फार्मलाई सञ्चालन गरेका छौँ । परिवारसँगै बाहिरी कामदारलाई पनि रोजगारी दिएका छौँ ।
गरीबको बाँच्ने आधार : लघुवित्त
लघुवित्तबाट लिएको १५ हजारले मेरो जीवनमा खुशी ल्याएको छ । लघुवित्त बैँकहरुले मजस्ता कयौँको जीवनमा खुसी भरिदिएको छ । यदि साना लघुवित्त संस्थाहरु नभएको भए हामी जस्तो दुःखी र गरीब समुदायका मानिसहरुको लागि बाँच्ने आधार नै जुट्दैनथ्यो होला । सानो सानो पुँजीले पनि राम्रो व्यवसाय खडा गरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराको ज्ञान र उदाहरण लघुवित्तले दिएको छ ।