साताको सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैँयाका दरले बढेको छ । साताको पहिलो दिन आइतबार पनि सुनको भाउ प्रतितोला २ सय रुपैँयाका दरले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५६ हजार १ सय रुपैँया प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार ५६ हजार ३ सय रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै, आइतबार ५५ हजार ८ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भएको तेजावी सुन सोमबार ५६ हजार ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलाको ५ रुपैँयाका दरले बढेर ७ सय ९० रुपैँया प्रतितोलामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।