Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५६ हजार ३ सय पुग्यो सुनको भाउ

२०७३ जेष्ठ ३१ गते

goldसाताको सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैँयाका दरले बढेको छ । साताको पहिलो दिन आइतबार पनि सुनको भाउ प्रतितोला २ सय रुपैँयाका दरले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५६ हजार १ सय रुपैँया प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार ५६ हजार ३ सय रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै, आइतबार ५५ हजार ८ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भएको तेजावी सुन सोमबार ५६ हजार ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ ।   

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  आइतबार तोलाको ५ रुपैँयाका दरले बढेर ७ सय ९० रुपैँया प्रतितोलामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।