Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कल डिपोजिटमा क्याप

२०७६ जेष्ठ १० गते

नेपाल राष्ट्र बैंकले कल निक्षेप (कल डिपोजिट)मा क्याप लगाएको छ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कल डिपोजिट १० देखि १५ प्रतिशतको सीमामा कायम राख्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले नयाँ वाणिज्य बैंकको कुल निक्षेपमा कल डिपोजिट अंश १० प्रतिशत नाघ्न नहुने व्यवस्था गरेको छ । त्यस्तै, विकास बैंक तथा वित्त कम्पनीको कुल निक्षेपमा कल डिपोजिटको अंश १५ प्रतिशत नाघ्न नहुने व्यवस्था गरेको हो । अर्थात्, अब वाणिज्य बैंकहरूले कुल निक्षेपको १० प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीले कुल निक्षेपको १५ प्रतिशतभन्दा बढी कल डिपोजिट लिन पाउनेछैनन् । 

हाल तोकिएको भन्दा बढी कल डिपोजिट भएका बैंक तथा वित्तीय संस्थाले आगामी ०७७ असारसम्ममा तोकिएको सीमामा कायम गरिसक्नुपर्नेछ । अर्थात्, बैंक तथा वित्तीय संस्थाले अबको एक वर्षभित्र कल डिपोजिटलाई तोकिएको सीमामा कायम गरिसक्नुपर्नेछ ।

Ad