June 13th, 2016

सरकारी अनुदानको प्रयोग यसकारण गर्दैनन् उद्यमी

moneyव्यावसायिक भेडाबाख्रापालनमा लाग्ने कृषकको संख्यासँगै लगानीसमेत बढ्दै गएको एक अध्ययनले देखाएको छ । नेपाल व्यावसायिक बाख्रापालक महासंघले गरेको अध्ययनबाट देशभर भेडाबाख्रा पालनमा मात्र २० करोडभन्दा बढीको लगानी रहेको पाइएको हो । व्यावसायिक रूपमा भेडाबाख्रा पाल्ने फार्मको संख्या मात्र २ हजार रहेको संघले जनाएको छ । संघका अनुसार, प्रतिफार्म औसतमा १० लाख र बढीमा करोडको लगानी गरेको पाइएको छ । 

सरकारी अनुदानको प्रयोग न्युन
अधिकांश फार्म आफ्नै पहलले सञ्चालनमा आएको पाइएको छ । यी फार्महरुले सरकारी अनुदान तथा सुविधाको प्रयोग निकै क मगर्ने गरेका छन् । कृषि बजेट वक्तव्यमार्फत सरकारले दुई वर्षभित्रमा मासुमा आत्मनिर्भर हुने घोषणा गरिसकेको छ । भने कृषि ऋणमा ५ प्रतिशत मात्र ब्याजको व्यवस्था गर्ने जनाएको छ । सरकाले नै अनुदान तथा सरकारी सुविधाका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन नसक्दा यसप्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । सरकारका कार्यक्रमहरु भनाइमै मात्र सीमित भएको र वास्तविक उद्यमीलाई यसले नछोएको संघको दाबी छ ।  

ऋण तथा व्याजमा पुनर्विचार आवश्यक
भूकम्पले क्षति पुर्याउँदा फार्मलाई बैंकको ब्याज तिर्नसमेत समस्या परेको थियो । त्यसमाथि कृषि कर्जा लिन र तिर्न दुबै गाह्रो हुने भएकाले सरकारी अनुदान तथा सहुलियत कर्जातर्फ उद्यमीको आकर्षण बढ्न नसकेको संघको ठहर छ । हालसम्म बाख्रापालन उत्साहजनक देखिएको छ तर ऋण तथा ब्याजमा पुनर्विचार नगरिए फार्महरु बैंकको लिलामीमा पर्ने जोखिम बढेको छ । त्यसैले सरकारले अनुदान तथा वीमाको कार्यक्रम प्रभावकारी बनाइ यस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्न जरुरी छ । 

चालू आर्थिक वर्षमा भेडाबाख्राको संख्या १ करोड १० लाख ४६ हजार पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।