May 22nd, 2019

विदेशी भुक्तानी प्रणालीमा राष्ट्र बैंक कडा, कारोबार गरे कारबाही

बैंकिङ खबर । विदेशी भुक्तानी प्रणालीमार्फत कारोबार गर्नेलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । विदेशी एप, क्यूआर कोड, पोइन्ट अफ सेल्स (पस) मेशिन लगायतबाट भुक्तानी गर्नेहरू कारबाहीको दायरामा पर्ने भएका हुन् ।

विदेशी पर्यटकहरू र बाह्य लगानी भित्र्याएर नेपालमा काम गरिरहेका विदेशीहरूले पस मेशिन तथा एप्सबाटै भुक्तानी गरिरहेको सूचना पाएपछि राष्ट्र बैंकले यसमा प्रतिबन्ध लगाएको हो ।

नेपालमा रहेर वस्तु तथा सेवा उपभोग गरेपछि नेपाली बैंकिङ प्रणालीमा सञ्चालित भुक्तानी प्रणालीबाट मात्र कारोबार गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]