May 22nd, 2019

सहकारीको प्रभावकारी अनुगमनका लागि नेफ्स्कूनले सरकारसँग सहकार्य गर्ने

बैंकिङ खबर । सुशासित र व्यवसायिक साकोस निर्माण गर्ने उद्देश्यले नेपाल बचत तथा ऋण केन्दी्रय सहकारी संघ लि. नेफ्स्कुनले सदस्यहरुसँग नेफ्स्कून कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष डि.बि.बस्नेतले सदस्य संस्थाहरुको वित्तीय कारोबारलाई केन्द्रीय संघबाटै अवलोकन गर्ने गरी नेफ्स्कूनले कार्य प्रकृृया अगाडि बढाईरहेको जानकारी दिए । उनले नेफ्स्कुनमा पर्याप्त जनशक्तिको अभावले सम्पूर्ण सदस्य संस्थाहरुको अनुगमन प्रभावकारी रुपमा गर्न नसकिएकाले सरकार र स्थानीय तहसँग मिलेर यो कार्यलाई पनि नेफ्स्कूनले तिव्रता दिन लागिरहेको बताए । साना र धैरै संस्थाहरुले सदस्यहरुको आवश्यकता पुरा गर्न नसक्ने बताउँदै एकीकरणको विकल्प नरहेको उनको भनाई थियो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव चन्द्र ढकालले आवश्यकताका आधारमा सहकारीलाई व्याख्या गर्ने प्रवृत्तिले सहकारी अभियानलाई कमजोर बनाईरहेको धारणा राखे । उनले अबका सहकारी संस्थाहरुले वित्तीय कारोवारसँगसँगै समुदायमा प्रभाव छोड्ने खालका कार्यहरु गर्नुपर्ने उल्लेख गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]