May 19th, 2019

नेशनल माइक्रोफाइनान्सका ३७ महिला सदस्यले पाए व्यवसायिक तरकारी खेती तालिम

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्सको सपहि शाखाले समुहमा आवद्ध सदस्यहरुलाई २ दिने सिप मुलक व्यवसायिक तरकारी खेती तालिम दिएको छ । महिला कृषकहरुको ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्दै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिका लागि नेशनल माइक्रोफाइनान्सले mउक्त तालिम प्रदान गरेको हो ।

नेशनल माइक्रोफाइनान्सको सपही शाखामा आवद्ध कोल्वी न.पा. र गढिमाई गा.पा.का विभिन्न वडाका ३७ महिला सदस्यले व्यवसायिक तरकारीखेती गर्न चाहिने अधारभुत सिप, तरिका, विभिन्न जातका तरकारीहरुलाई रोप्ने तरिका, तरकारीमा लाग्न सक्ने रोगको पहिचान, रोगबाट रोकथाम तथा नियन्त्रणको उपायहरु, बजारीकरणको साथै विविध बिषयहरुमा तालिम लिए ।

संस्थाका शाखा प्रमुख प्रदिप कुमार चौधरीले व्यवसायिक तरकारी खेती तालिमले महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउने बताए । यस किसिमको तालिमको जनस्तरमा आवश्यकता रहेको र व्यवसायिक तरकारी खेतीको तालिमको आयोजना गरी संस्थाले उदाहारणीय कार्य गरेको उल्लेख गरे ।

तालिमको समापनमा सहभागीहरुलाई तालिमको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]