May 17th, 2019

लघुवित्तका कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि दुई दिने तालिम

बैंकिङ खबर । कास्कीको पोखरा स्थित होटल क्राउनमा एआइएमटी ट्रेनिङ सोलुशन प्रा.लि.ले विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाका २३ जना कर्मचारीहरुलाई Micro Finance Acceleration सम्बन्धि २ दिने तालिम दिएको छ । पछिल्लो समयमा लघुवित्तको क्षेत्रमा दक्ष कर्मचारीहरुको अभाव रहेको अवस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि तालिम कार्यक्रम गरिएको आयोजक संस्था एआइएमटी ट्रेनिङ सोलुशनका कार्यक्रम संयोजक तथा प्रबन्ध निर्देशक सेलिशा क्षेत्रीले बताए ।

शनिबारसम्म चल्ने कार्यक्रममा शुक्रबार जनसेवी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकाकरी अधिकृत कमल खत्री, कालिका लघुवित्त वित्तीय संस्था लि.का कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठ, स्पर्श लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सजल खड्काले प्रशिक्षण दिए । शनिबार गरिमा विकास बैंक लघुवित्त विभाग प्रमुख नविन प्याकुरेल, चौतारी लघुवित्त वित्तीय संस्था लि.का नायब प्रमुख कार्यकारी अधिकृत आर.आर. हरिकृष्ण जोशीले प्रशिक्षण दिने बताइएको छ ।

तालिममा लघुवित्तका कार्यक्रमहरु, हालको बदलिंदो अवस्था, वित्तीय संस्थामा आइपर्ने जोखिम तथा त्यसको व्यवस्थापन, भाका नाघेको कर्जा व्यवस्थापन, नेतृत्व विकास, ग्राहक सेवा लगायतका विषयमा तालिम दिइने आयोजक संस्थाका निर्देशक क्षेत्रीले जानकारी दिए ।
यस्ता तालिमहरुले आत्मविश्वास बढेको तथा फर्केर कर्मचारीहरुलाई सिकाउनलाई पनि धेरै सजिलो हुने कालिका लघुवित्त वित्तीय संस्थाबाट सहभागि सफल शर्माले बताए ।

एआइएमटी ट्रेनिङ सोलुशन प्रालिले ४ गते नै रामेछापको मन्थलीमा कमर्सियल बैंकका कर्मचारीहरुलाई एक दिने Anti money laundering combating financial terrorist & know Your costumer  सम्बन्धि तालिम दिँदैछ । संस्थाले बैंक, वित्तीय संस्था संग सम्बन्धित तथा क्षमता अभिवृद्धि र सीप विकासका तालिमहरु दिँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]