बैंकिङ खबर । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले जेष्ठ १ र २ गते सम्म दुई दिने कार्यक्रम समीक्षा योजना तथा बजेट तर्जुमा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी २० वटै शाखा प्रबन्धकले २०७५ चैत्र मसान्त सम्मको कार्य प्रगती तथा २०७६।०७७ सम्मको कार्यक्रम योजना तथा वजेट तर्जुमाको जानकारी गराए । कार्यक्रममा २०७५ चैत्र मसान्तसम्मको समिक्षा, २०७६ असार मसान्तसम्मको प्रक्षेपण तथा आगामी बर्ष २०७६।०७७ असार मसान्तसम्मको लक्ष्यको बारेमा छलफल समेत भयो । त्यस्तै, बचत, लगानी, लेखा, खराब कर्जा नियन्त्रण, वित्तीय साक्षरता, व्यवस्थापकीय सिप लगायतका बिषयमा पनि छलफल भएको थियो । लघुबिमा अवधारणाको महत्व तथा यसबाट ग्रामीण क्षेत्रका सदस्यहरुलाई पुग्ने फाइदाका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।
यस संस्थाले १५ जिल्लाहरुमा २० शाखा कार्यालयहरु स्थापना गरी विगत चार वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै गई रहेको छ । संस्थाले २०७५ चैत्र मसान्त सम्ममा करिब १५००० घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।