एआईआईबीको कर्जा र डिफिडको अनुदानका लागि एडीबीले प्रमुख वित्तीय र प्रशासकीय भूमिका निर्वाह गर्ने भएको छ । केहीले एआईआईबीलाई अमेरिकी नेतृत्वको विश्व बैंक र जापान नेतृत्वको एडीबीको प्रतिद्वन्द्वीका रूपमा हेर्दै आएका छन् । चीनले यो बैंकलाई आफ्नो प्रभाव विस्तार र एजेन्डाका लागि प्रयोग गर्न सक्ने शंका उनीहरूमाझ रहँदै आएको छ ।
एडीबीका अध्यक्ष ताकेहिको नाकाओले यो आयोजनाले बाँकी रहेको ६४ किलोमिटरको चार लेनको खण्डका लागि कोष उपलब्ध गराउने बताए । पाकिस्तानका लागि यो सडकको रणनीतिक महत्व छ । यसले उत्तर–दक्षिण सञ्जाललाई सहयोग गर्ने, व्यवसाय र रोजगारी बढाउन सहयोग गर्ने र गरिबी कम गर्न सहयोग गर्ने उनले बताए ।“यो एडीबी र एआईआईबीका लागि एसिया र प्रशान्त क्षेत्रको पूर्वाधार मागको पूर्तिका लागि ऐतिहासिक कोसेढुंगा हुनेछ,” नाकाओले भने ।
गत वर्षदेखि दुई विकास बैंकहरूले सहवित्तीय लगानीका लागि तयारी गर्दै आएका थिए । सहकार्यका लागि मे महिनामा समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । एजेन्सी