May 15th, 2019

बौद्ध ग्रामीण सहकारीको बार्षिक कर्मचारी गोष्ठी : सदस्यलाई थप सुविधा दिने प्रतिवद्धता

बैंकिङ खबर । बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक कर्मचारी समिक्षा गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका सुर्खेत, दैलेख,जाजरकोट र जुम्ला गरी ४ जिल्लामा रहेका २०१ जना कर्मचारीहरु, संचालक समितिका पदाधिकारी र कार्यकारी प्रमुखको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका सेवा सुविधालाई गाउँगाउँसम्म पुगी संचालन गर्दा कर्मचारीले भोग्नु परेको समस्या, चुनौतीलाई समाधान गर्न र संस्थाको सेवा सुविधालाई प्रभावकारी रुपमा विस्तार गर्नका लागि चाल्नुपर्ने कदमहरुमा बारेमा छलफल भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले कर्मचारी भनेको संस्थाको मेरुदण्ड भएकाले कर्मचारीहरुलाई सक्षम र क्षमतावान बनाउनका लागि संचालक समिति कहिले पछि नहटने प्रतिबद्धता व्यक्त गरे । साथै संस्थाले आगामी बर्षमा सदस्यहरुका लागि नयाँ नयाँ कार्यक्रमहरु संचालन गर्ने तयारी गरेको समेत उनले जानकारी दिए ।

लेखा समिति संयोजक अंक बहादुर गुरुङले संस्थाको विकास र विस्तारका लागि कर्मचारी र संचालक समितिहरु इमान्दार, मिहिनती एवम् संस्थाप्रति सधै चिन्तनशील रहनुपर्ने धारणा राखे ।

कर्मचारीहरुको स्तर उन्नती र क्षमता बद्धिका लागि संस्थाले आन्तरिक तथा बाह्य तालिमहरुको आयोजना एवम् देश तथा विदेशको भ्रमण कार्यक्रम आयोजना गर्ने गरेको सचिव पासाङ महत्तराले बताए ।

संस्थाका कार्यकारी प्रमुख विशाल के.सीले कर्मचारीहरुको मनोबल वृुद्धिका लागि नयाँ नयाँ कार्यक्रम संचालन गर्ने र गाउँ गाउँमा पुगी सदस्यलाई थप वित्तिय सुविधा दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा संचालक समिति उपाध्यक्ष सिंह बहादुर गुरुङ, सदस्यहरु पार्वती बुढा, लक्ष्मी गुरुङ र पार्वती गुरुङ, केन्दी्रय कार्यालयका प्रबन्धक अशोक चौधरी, इलाका कार्यालय कर्णालीका प्रबन्धक धन बहादुर शाही, इलाका कार्यालय भेरीका प्रबन्धक डम्बर विश्वकर्मा र आन्तरिक लेखा परिक्षक रामु सुबेदीको सहभागीता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]