May 14th, 2019

सिवाईसी बचत तथा ऋण सहकारीद्धारा नवनियुक्त कर्मचारीलाई तालिम

बैंकिङ खबर । सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले संस्थामा नयाँ प्रवेशी कर्मचारीहरुका लागि ३ दिने सेवा प्रवेश पूर्व तालिमको सुरुवात गरेको छ ।

संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमहरुलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन तथा संस्थागत क्षमता अभिबृद्धिका लागि संस्थाको सिद्धान्त अनुसार लिखीत, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत आन्तरीक लेखा परीक्षक, सेवाकेन्द्र प्रमुख र सदस्य सर्वेक्षक पदका थप कर्मचारीहरु नियूक्ति गरेको हो ।

तालिममा संस्थाका अध्यक्ष पौडेल, ऐक्सेस कार्यदल सदस्य सीता शर्मा र संस्थाका प्रवन्धक नवराज शर्माले सहजिकरण गर्ने संस्थाले जनाएको छ ।

यसरी नियूक्त कर्मचारीहरुका लागि संस्थाको परिकल्पना, लक्ष्य, ध्येय, उद्देश्य, संस्थागत संरचना, काम कर्तव्य र अधिकार, कार्य पद्धती, सहकारीका चुनौती अवसरहरु, कानुनी संरचना, कार्यालय व्यवस्थापन लगाएतका आधारभुत, सैद्धान्तीक र व्यवहारीक पक्ष समेटेर ३ दिनको तालिम आयोजना गरेको संस्थाले जनाएको छ ।

तालिम कार्यक्रममा बोल्दै संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठले सहकारी संस्थामा कार्यरत कर्मचारीहरु दक्ष र क्षमतावान नभएसम्म सहकारी व्यवसाय फस्टाउन नसक्ने कुरा बताए । ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]