बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले चालु आर्थिक वर्ष २०७५।०७६ को समिक्षाको साथै अगामी आर्थिक वर्ष २०७६।०७७को कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला गोष्ठीसम्पन्न गरेको छ । कार्यक्रमको औपचारिक उदघाटन संस्थाको संचालक समितीको अध्यक्ष केशव प्रसाद अर्चायले गरेका हुन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले उदघाटन मन्तव्यमा संस्थाको हालसम्मको प्रगतीको साथै अगामि बर्षको भावी रणनीतिको बारेमा जानकारी गराए । कार्यक्रमा संस्थाको सातै प्रदेशको सबै शाखाको शाखा प्रमुखहरुको साथै केन्द्रीय कार्यालयको सबै विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत यादवले सबै शाखा प्रमुखहरुलाई शाखा कार्यालयले चालु आ.व.मा लिएको लक्ष्य र अगामी आ.व.मा प्रक्षेपित कार्यक्रम तथा बजेट पुरा गर्न शुभकामना तथा गोष्ठी कार्यक्रममा सक्रिय सहभागीतालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा २ दिनसम्म संचालन भएको थियो । कार्यक्रममा सबै शाखा कार्यालयको शाखा प्रमुखहरुले आआफ्नो शाखा कार्यालयको चालु आ.व.को तेस्रो त्रैमाससम्मको लक्ष्य प्रगती र अगामीआ.व.को कार्यक्रम बजेट सम्बन्धमो प्रस्तुतिकरण गरेका थिए ।
आन्तरिक लेखापरिक्षण विभागको विभागीय प्रमुखले आन्तरिक लेखापरीक्षणमा देखिएका मेजर रिर्माकको बारेमा छलफल तथा सुधार गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा आ.व.मा संस्थागत र प्रदेशगत उत्कृष्ट भएको प्रथम द्धितीय र तृतीय साथै चालु आ.व.को तेस्रो त्रैमाससम्मको उत्कृष्ट लक्ष्य प्रगती हासिल गरेको शाखा प्रमुखहरुलाई नगद, ट्रफि र कदर पत्र प्रदान समेत गरिएको थियो ।
हालसम्म संस्थाले ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका७५हजार भन्दा वढी विपन्न परिवारमापुगेको छ । हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्व ४८ करोड र बचत १ अर्ब १२ करोड भन्दा वढी सदस्यहरुवाट संकलनगर्न सफल भएको छ ।