Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एडिबीलाई समृद्धिमा साथ दिन अर्थमन्त्रीको आग्रह

२०७६ बैशाख २३ गते

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल दुई वर्षभित्र अति कम विकसित राष्ट्रको अवस्थाबाट स्तरोन्नति हुने भन्दै त्यसको दिगोपनाका लागि साथ दिन एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकेहिको नकाओलाई आग्रह गरेका छन् । एडिबीको ५औँ बोर्डस् अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुन फिजी पुगेका अर्थमन्त्री खतिवडाले एडिबीका अध्यक्ष नकाओसँग फिजीको नादीमा भेट गर्दै नेपालको समृद्धिमा साथ दिन आग्रह गरेका हुन् ।

अर्थमन्त्री खतिवडा र एडिबी अध्यक्ष नकाओबीच भएको द्विपक्षीय बैठकमा अध्यक्ष नकाओले नेपालले राजनीतिक तहमा गर्नुपर्ने अधिकांश कार्य पूरा गरिसकेको भन्दै नेपाल आर्थिक तथा सामाजिक विकासमा परिसूचकहरूमा पनि राम्रो प्रगति गर्दै अगाडि बढिरहेको बताए । बैठकमा उनले भूकम्पपछिको पुनर्निर्माणका लागि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा आफू सहभागी भएकोसमेत स्मरण गरे ।

अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान समग्र आर्थिक अवस्थाको चित्रण गर्दै मुलुकले यस वर्ष पनि उच्च आर्थिक वृद्धि हासिल गर्न लागेको बताए । निरन्तर उच्च आर्थिक वृद्धि हासिल गर्न पुँजीगत सामग्रीहरूको आयात अत्यावश्यक रहेको भन्दै उनले भूकम्पपछिको पुनर्निर्माणका लागि एडिबीले गरेको सहयोगका लागि धन्यवाद दिए । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलगायत केही ठूला आयोजना तत्काल अगाडि बढाउन चाहेको भन्दै उनले त्यस्ता ठूला आयोजनामा सहयोग गर्न पनि एडिबीलाई आग्रह गरे । 

अर्थमन्त्री खतिवडाले हालै सम्पन्न लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षकै सहभागिता रहनु आफैँमा महत्वपूर्ण भएको भन्दै वर्तमान सरकारले भूकम्पपछिको पुनर्निर्माण आगामी एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको बताए । नयाँ पत्रिकाबाट ।

Ad