May 5th, 2019

३ अर्ब ९१ करोडको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ३ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि १ अर्ब रुपैयाँको र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँकोे ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले ट्रेजरी बिल खरिदका लागि बैशाख २३ गते सोमबार दिउसो ३ बजे सम्म आवेदन दिन सकिने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि जारी गरेको ट्रेजरीबिल २०७६ असार साउन २१ गते परिपक्व हुनेछ । त्यसैगरी ३ सय ६५ दिनका लागि जारी गरेको बिल २०७७ बैशाख २३ गते परिपक्व हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]