April 30th, 2019

दोलखामा बृहत सहकारी सम्मेलन आयोजना हुँदै


बैंकिङ खबर । दोलखामा बृहत सहकारी सम्मेलन गरिने भएको छ । दोलखा जिल्ला सहकारी संघ र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघले संयुक्तरुपमा सम्मेलन आयोजना गर्ने भएका हुन् । जिल्ला सहकारी संघ दोलखाले दिएको जानकारी अनुसार वैशाख २७ र २८ गते सम्मेलन गरिने भएको हो । सम्मेलनका लागि जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौंलागाईको संयोजकत्वमा ४८ सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ ।

सम्मेलनमा सहकारी क्षेत्रका विज्ञहरुबाट विभिन्न शिर्षकमा कार्यपत्र पेश गरी छलफल गरिने छ । सम्मेलनले तीन वर्षे कार्यदिशा तय गर्ने उद्देश्य समेत राखेको छ । आयोजक समितिका अनुसार सम्मेलनलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनले सहकारीमार्फत उद्यमशीलताको विकास गरी आर्थिक समृद्धि गर्नका लागि दोलखा घोषणपत्र २०७६ जारी गर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]