बैंकिङ खबर । कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । अझ प्रष्ट रुपमा भन्नुपर्दा, व्यक्तिगत विवरणका साथमा पारिवारिक विवरण एवम् व्यवसायिक विवरण समेत प्रष्ट रुपमा खुल्ने समग्र विवरणलाई केवाईसी भनिन्छ ।
बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि, व्यवसायिक संलग्नता, आम्दानी लगायतका विषयमा जानकारी संकलन गर्दछ । कुनै पनि बैंक अवैधानिक सम्पत्ति लुकाउने थलो नबनोस् भन्नका लागि ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले केवाईसी फर्म भराउने गर्दछ । हरेक बैंकमा खाता खोल्दा केवाईसी फर्म पनि अनिवार्य रुपमा समावेश गरिएको हुन्छ ।
भर्नुपर्ने विवरणहरु
सामान्यतया बैंकहरूले केवाईसी फर्ममा भर्न लगाउने विवरणहरु उस्तै हुन्छन् । उक्त फर्ममा निम्न शीर्षकहरु राखिएको हुन्छ
खाता नम्बर
नाम ९आफ्नो¸ बुवा र आमा र हजुरबुवाको नाम०
पेशा
औषत वार्षिक आय
नागरिकता वा पासपोर्ट वा सवारी लाइसेन्स नम्बर
डेभिड वा क्रेडिट कार्ड लिएको भए त्यसको नम्बर
यदि कुनै व्यवसाय गर्ने भए
व्यवसायको विवरण ९व्यापार¸ उद्योग वा सेवामुलक के हो खुलाउने०
औषत वार्षिक कारोबार
पान नम्बर वा भ्याट नम्बर
ठेगाना
स्थायी ठेगाना ९कागजपत्रमा हुने अनुसारको०
अस्थायी ठेगाना ९अहिले बसिरहेको ठाँउको ठेगाना०
कुनै पनि बैंकमा गएर केवाई फर्म भर्दा निम्न कागजातहरु पनि पेश गर्नुपर्ने हुन्छ
स्थायी ठेगाना भए घरधनीको पहिचान खुल्ने कागजपत्र
अस्थायी ठेगाना भए घरमुलकीको विवरण भएको कागजपत्रको फोटोकपी
परिवारका सदस्यहरूको नाम, थर, नागरिकता नं।, नागरिकता जारी भएको ठेगाना र मिति
हाल बसोबास गरिरहेको स्थानसम्म पुग्ने नक्सा ९नक्सा बनाउने ठाँउ फर्ममै हुन्छ०
हालसालै खिचिएको फोटो



