धनुषाको महेन्द्रनगर स्थित आइएमईबाट बिहिबार राति करिब ३२ लाख रुपैयाँभन्दा बढी चोरी भएको छ । इलाका प्रहरी कार्यालय सखुवा अगाडी रहेको आशिष ट्रेडर्स आइएमइ बाट उक्त रकम चोरी भएको हो ।
शुक्रबार बिहान मात्र संचालकले आइएमइ खोल्न जाँदा चोरी भएको थाहा पाएको तथा तल्चा खोलेर भएको चोरी र उक्त चोरी घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।