बैैंकिङ खबर । १३ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी भएको मिर्मिरे लघुवित्तले चालू आर्थिक वर्ष २०७५ ७६ को तेस्रो त्रैमास सम्ममा ३ करोड ५९ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आथिृक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
निक्षेप तथा कर्जा
चालु आथिृक वर्षको ९ महिनामा लघुवित्तले ६८ करोड ४ लाख रुपैयाँ निक्षेप सकलन गरी २ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसले सापटी वापत १ अर्ब ६२ करोड रुपैयाँ लिएको पनि उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ६८ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
ब्याज आम्दानी
चालु आर्थिएक वर्षको चैतसम्ममा लघुवित्तले २३ करोड ७० लाख रुपैयाँ व्याज आम्दानी गरेर १४ करोड ८७ लाख यसवापत खर्च गरेको छ । यसबाट वित्तीय संस्थाल ८ करोड २३ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको पनि उल्लेख छ ।
सूचकहरु
प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३४ पैसा, प्रति शेयर आम्दानी १ सय ५४ रुपैयाँ ३ पैसा रहेको उल्लेख छ ।