April 28th, 2019

निर्धन उत्थान लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्तको शाखा कार्यालय फत्तेपुरले पनेरीयामा महिला स्वावलम्बी केन्द्रका ९९ जना केन्द्र प्रमुखहरुको उपस्थितमा बार्षिक केन्द्र प्रमुख कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।

कार्यक्रममा शाखाका शाखा प्रमुख कलक राज बनले शाखाको प्रगति विवरण, शाखाको वस्तुस्थितीको बारेमा जानकारी गराएका थिए । क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम अधिकृत नवराज जोशीले नेपालमा विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन प्रभावकारी बैंकिङ्ग पद्धतिको टड्कारो अवश्याकता देखिएको समयमा नेपालमा सर्वप्रथम औपचारीक रुपमा विना धितो लघुवित्त शुरुवात गर्ने स्वर्गीय डा.हरिहर देव पन्तको अग्रसरतामा २०४७ चैत्र १७ गते मा निर्धनको स्थापना गरि २०४९ साल चैत्र १ गते निर्धन संस्थाले नेपालमा पहिलो पटक बिना धितो लघुवित्त कार्यक्रम शुरु गरेको जानकारी गराए ।

गोष्ठीमा उपस्थित केन्द्र प्रमुखहरुलाई चार समुहमा विभाजन गरि केन्द्रहरुमा आउन सक्ने समस्या त्यसका समाधानका उपायहरुको बारेमा छलफल भएको, त्यस कार्यक्रममा उठेका जिज्ञासाहरुको बारेमा कार्यक्रम अधिकृत नवराज जोशीले जानकारी दिए ।

उक्त कार्यक्रममा ग्राहक सदस्यका छोरा छोरी मध्ये २०७४ सालमा उच्च माध्यमिक तहको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी सुश्री रक्षा थापामगरलाई छात्रवृत्ति प्रदान समेत गरिएको थियो ।

हालसम्म संस्थाले ७७ जिल्लामा १ सय ८१ शाखा मार्फत ३ लाख ४ हजार १ सय ८० घरधुरीमा सेवा प्रदान गरिरहेको छ। वित्तीय संस्थाहरुसंग पहुच नभएका ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै वित्तीय साक्षरता, व्यवसाय साक्षरता, शीपमूलक तालिमहरु उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।