Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पाँच अर्ब २५ करोडको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक

२०७६ बैशाख १५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले यसअघि विक्री गरेको २८ दिन र ९१ दिन अवधिको बिल नविकरण गर्न लागेको हो । राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको र ९१ दिनका लागि २ अर्ब रुपैयाँकोे ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले ट्रेजरी बिल खरिदका लागि बैशाख १६ गते सोमबार दिउसो ३ बजे सम्म आवेदन दिन सकिने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि जारी गरेको ट्रेजरीबिल २०७६ साउन १४ गते परिपक्व हुनेछ । २८ दिनका लागि जारी गरेको बिल २०७६ जेठ १४ गते परिपक्व हुनेछ ।

Ad