Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आफूखुसी २.३७ अर्ब रकमान्तर

२०७६ बैशाख १३ गते

जनकपुर — आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का दुई मन्त्रीले २ अर्ब ३७ करोड रुपैयाँ रकमान्तर गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले ‘आफ्ना मान्छे’ को नामै किटेर ठूला योजनाको रकम फुटकरमा सारेका हुन् ।

स्थानीय तह र संसदीय कोषले छनोट गरेजस्ता साना र फुटकर योजनामा करोडौं रुपैयाँ सारिएको छ । उक्त बजेट मन्त्रीहरूले गृह जिल्ला र संसदीय क्षेत्रमा पारेका छन् । उद्योग मन्त्रालयले फागुन ९ गते ८४ वटा शीर्षकमा १ अर्ब ६७ करोड ७ लाख २१ हजार र सामाजिक विकास मन्त्रालयले माघ ७ गते २ सय ७४ वटा शीर्षकमा ७० करोड रुपैयाँ रकमान्तर गरेका हुन् ।

प्रदेश २ को विकास सूचकांकसँग जोडिएको यी दुई मन्त्रालयको बजेट एकीकृत र ठूला योजनामा खर्चिनुपर्नेमा मन्क्रीकै निर्देशनमा आर्थिक वर्षको अन्त्यतिर टुत्रे योजनामा छरिएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायले पर्यटन क्षेत्रमा विनियोजन गरिएको ३२ करोड रुपैयाँलाई छिन्नभिन्न पारेर १ सय २६ वटा योजनामध्ये ६६ वटा गृह जिल्ला सर्लाहीमा लगेका छन् । तीमध्ये ३५ वटा आफ्नै संसदीय क्षेत्रमा खन्याएका छन् ।

रकमान्तर गरिएका अन्य योजना कार्यान्वयनमा लगे पनि पर्यटनको ३२ करोड रुपैयाँ छिन्नभिन्न गरेर एउटै जिल्लामा अधिकांश योजना लगेको भन्दै मन्त्रालयका सचिव विद्यानाथ झाले फाइल अड्काइदिएका छन् । राजपाबाट मन्त्री बनेका रायले सर्लाहीको हरिपुर्वा, पर्सा, जिगअर्वा, संग्रामपुर र ब्रह्मपुरीमा मात्रै ३५ वटा योजना लगेका छन् । जसमध्ये धेरैजसो बजेट विवाहमण्डप निर्माणमा लगाइएको छ ।

 
सर्लाहीको पर्सामा इदगाह मर्मतसम्भार, हरिपुर्वा–७ मा ब्रह्मस्थान पर्खालनिर्माण, महोत्तरीको मनरासिस्वा–८ मा कटैया बजार मर्मत, धनुषाको जमुनियामा छठघाट निर्माण, महोत्तरीको जिरोमाइलमा धर्मशाला निर्माण र सप्तरीको हनुमाननगरमा विवाहमण्डप निर्माणलगायत १ सय २६ वटा योजनामा पर्यटनको ३२ करोड रुपैयाँ मन्त्री रायले खन्याएका हुन् । कान्तिपुरमा प्रकाशित समाचार । 
Ad