बैंकिङ खबर । सामान्तयना लघुबीमा भनेको न्युन आय भएका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने संभावित जोखिमको लागि गरिने बीमा हो । त्यस्ता व्यक्ति जो न्यून आय, आर्थिक र सामाजिक कारण बाट हुन सक्ने जोखिमसँग सामना गर्न नसक्ने छन ती व्यक्ति वा समुदायलाई लक्षित गरी निजहरूको जीवन वा सम्पत्तिको सुरक्षा गर्ने बीमा नै लघुबीमा हो । जसलाई पशुपालनको चिन्ता, औषधि उपचारको चिन्ता, व्यापार व्यवसायको चिन्ता, साथै बाबालिकाको भविष्यको चिन्ताले सधैँ पिरोलि रहन्छ, त्यस्ता व्यक्तिले लघुबीमाका विभिन्न कार्यक्रमहरू, जुन कार्यक्रमले आफुलाई सहजता प्रदान गर्दछ त्यस्ता कार्यक्रमहरू उपयोग गर्नुपर्दछ । लघुबीमाले कम आयस्तर भएका व्यक्ति तथा जनसमुदायलाई समेट्छ ।
लघु बीमाका विशेषताहरु
बीमा दाबी प्रक्रिया सरल र छोटो
थौरै बचतले बिमा शुल्क तिर्न पुग्न
सरल प्रकृतिको बिमा
कम अपवाद
कम कागजी प्रक्रिया
बीमा गर्न धेरै झन्झट गर्नु नपर्ने
थोरै बीमाङ्कको बिमा गर्न सकिने
लघु बीमाका किसिमहरु
गार्हस्थ लघुबीमा
स्वास्थ्य लघुबीमा
दुर्घटना लघुबीमा
बाली लघुबीमा
लघु व्यवसाय बीमा
पशुरपन्छी लघुबीमा
सावधिक लघु जीवन बीमा
म्यादी लघु जीवन बीमा
गम्भीर प्रकृतिका रोग बिमा
लघुबीमा कायर्यक्रम अरु बीमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरु प्रति लक्षित रहको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबीमा हो । यस्ता कार्यक्रमलाई सफल पार्न सकेमा आम मानिसहरुलाई बीमा क्षेत्रको दायरा भित्र ल्याउन सकिनेछ ।




