April 23rd, 2019

सुनको मुल्य घट्यो, प्रतितोला ५९ हजार ३ सयमा कारोबार

बैंकिङ खबर । आज मंगलबार सुनको भाउ घटेको छ । हिजो एक्कासी बढेको सुनको मुल्य आज केही मात्रमा ओरालो लागेको छ । छापावाल सुनको भाउ तोलामा ३ सयले घटेको छ ।

सोमबार तोलामा ५९ हजार ६ सयमा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३ सयमा कारोबार भइरहेकोे छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।

चाँदी भने आज तोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेकोे छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]