टुरिजम डेभलपमेन्ट बैंकमा विभिन्न पदका लागि जागिर खुलेको छ । बैंकले अफिसर अथवा एसिस्टेन्ट अफिसर, व्यवस्थापन प्रशिक्षार्थी र जुनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट प्रशिक्षार्थीका लागि दरखास्त आह्वान गरेको हो । आवेदन दिने अन्तिम मिती जुन १७ अर्थात असार ३ गते रहेको छ ।
कुन पदका लागि कति योग्यता ?
अफिसर अथवा एसिस्टेन्ट अफिसरका लागि सीए, सीपीए अथवा एसीसीए गरेको हुनुपर्ने छ । आइक्यानमा १ वर्ष इन्टर्नसिपमा काम गरेको अथवा सीएमा अर्धदक्ष तर व्यवस्थापन संकायमा स्नातक गरेको हुनुपर्नेछ ।
त्यस्तै, व्यवस्थापन प्रशिक्षार्थीका लागि व्यवस्थापन संकायमा कम्तीमा ६० प्रतिशत प्राप्तांकसहित स्नात्तकोत्तर गरेको हुनुपर्नेछ । अथवा व्यवस्थापन संकायमा ५० प्रतिशतभन्दा बढी ल्याएर स्नातक गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
जुनियर एसिस्टेन्टका लागि कम्तीमा +२ उतीर्ण गरेको र कुनै पाि वाणिज्य बैंक अथवा राष्ट्रिय स्तरको विकास बैंकमा कम्तीमा १ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । कम्पनिले उपत्यकाबाहिरका शाखाहरुको लागि जुनिएर एसिस्टेन्ट मागेको हो ।
त्यसैगरी, काठमाडौँभित्र काम गर्न चाहने जुनियर एसिस्टेन्ट प्रशिक्षार्थीले कम्तीमा ६० प्रतिशत ल्याएर +२ उतीर्ण गरेको हुनपर्नेछ भने काठमाडौँ बाहिर काम गर्नेले ५० प्रतिशतभन्दा बढी ल्याएर +२ उतीर्ण गरेको हुनुपर्नेछ ।
सबै आवेदकको उमेर आवेदन दिने अन्तिम दिनसम्ममा ३५ वर्ष ननाघेकोे हुनुपर्ने छ । अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ ।