June 9th, 2016

५५ हजार ६ सय पुग्यो सुनको भाउ

goldबिहीबार सुनको भाउ ४ सय रुपैँया प्रतितोलाका दरले बढेको छ । बुधबार प्रतितोला ५५ हजार २ सय रुपैँयाका दरले कारोबार भइरहेको छापावाल सुन विहिबार किनबेच भएको सुन बिहीबार प्रतितोला ५५ हजार ६ सय रुपैँयाका दरले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार ५४ हजार ९ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको तेजावी सुन विहिबार ५५ हजार ३ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको छ । 

चाँदी पनि विहिबार प्रतितोला २५ रुपैँयाका दरले महँगिएको छ । बुधबार ७ सय ५५ रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको चाँदी बिहीबार ७ सय ८० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको छ ।