April 19th, 2019

प्रदेश ३ को लगानी सम्मेलन चितवनमा, लगानीको आधारपत्र प्रस्तुत गरिने

बैंकिङ खबर । प्रदेश नम्बर ३ को विकास र समृद्धिको लागि शुक्रवारदेखि चितवनमा लगानी सम्मेलन शुरू भएको छ । प्रदेश सरकारले निजी क्षेत्रलाई लगानीको आह्वान गर्न चितवनको भरतपुरमा वैशाख ६ र ७ गते लगानी सम्मेलन आयोजना गरेको हो ।

प्रदेश ३ को नीति तथा योजना आयोगको आयोजनामा उक्त लगानी सम्मेलन हुन लागेको हो । कार्यक्रममा आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले सम्मेलनबाट प्रदेशको विकासका आधारशीला तय गरिने बताए । प्रदेशका पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योग लगायतका क्षेत्रमा लगानीका सम्भावना बारे निजी क्षेत्रलाई जानकारी गराउने उद्देश्य राखिएको छ । त्यसका लागि आयोगले आधारपत्र प्रस्तुत गर्ने छ ।

सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । सम्मेलनमा विभिन्न राजनीतिक दलका नेता देखि निजी क्षेत्रसँग सम्बन्धित सबै संघसंस्थाका प्रतिनिधिहरू, उद्योगपति विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, लगायतको सहभागिता रहने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]