April 18th, 2019

राष्ट्र बैंकद्धारा १ खर्ब ३५ करोड तरलता प्रशोचन

बैंकिङ खबर । आर्थिक वर्ष २०७५/७६ को आठ महिनामा नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारका विभिन्न उपकरणहरु मार्पmत पटक–पटक गरी एक खर्ब ३५ करोड तरलता प्रशोचन गरेको छ। यस अनुसार निक्षेप संकलन बोलकबोल मार्फत ७९ अर्ब ६५ करोड र रिभर्स रिपो मार्पmत २० अर्ब ७० करोड रुपैयाँ गरेको छ । राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ३० अर्ब २५ करोड तरलता प्रशोचन गरेकोे थियो ।

फागुन मसान्त सम्ममा खुला बजार कारोबार अन्तर्गत रिपोमार्पmत् पटक–पटक गरी कुल २३ अर्ब ५३ करोड तरलता प्रवाह गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा ९७ अर्ब २५ करोड तरलता प्रवाह भएको थियो ।

आठ माहिनामा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ७२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा २७ अर्ब ३८ करोड बराबरको तरलता सुविधा उपयोग गरेका थिए ।

राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलरमा १ अर्ब ९७ करोड खूद खरिद गरी २ खर्ब २५ अर्ब ५६ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७३ करोड खूद खरिद गरी २ खर्ब ८१ अर्ब ५९ करोड खूद तरलता प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा अमेरिकी डलर २ अर्ब ८२ करोड, यूरो २ करोड ८० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड, जापानी येन १८ अर्ब र चिनीयाँ युआन २० करोड बिक्री गरी ३ खर्ब ४९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैँया खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १४ करोड र यूरो ४ करोड बिक्री गरी ३ खर्ब २८ अर्ब ३५ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]