April 18th, 2019

सरकारले तोक्यो सहकारी संस्थाहको स्प्रेड दर ६ प्रतिशत

बैंकिङ खबर । सरकारले सहकारी संस्थाहरुले चर्को ब्याज लिन नपाउने गरी ब्याजदर अन्तर (स्प्रेडदर) तोकेको छ । सहकारीहरुले चर्को ब्याज असुल्ने गरेको पाइएपछि सरकारले अधिकतम स्प्रेडदर तोकेको हो ।

सरकारले ‘सहकारी नियमावली–२०७५’मा कर्जामा लिने र निक्षेपमा दिने ब्याज बीचको अन्तर (स्प्रेड दर) तोक्ने व्यवस्था गरेको छ । सोही नियमावलीमा ब्याजदर अन्तर ६ प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था गरिएको हो ।

अहिले सहकारीहरुले १० प्रतिशत भन्दा बढी नै स्प्रेडदर राख्ने गरेको पाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]