Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कामना सेवा विकास बैंकले माग्यो ७ पदका लागि कर्मचारी, दिनुहोस् आवेदन

२०७६ बैशाख ४ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स, रिजनल हेड, म्यानेजेरियलका लागि केही, ब्रान्च म्यानेजर, जुनियर अफिसरदेखि असिस्टेन्ट म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्टदेखि जुनियर म्यानेजरका लागि केही, सर्भिस म्यानेजर, अपरेटरका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, ट्रेनी असिस्टेन्टका लागि केही, गोल्ड टक्सारका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यलय तथा उपत्यकाभित्र र बाहिरका विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे फर्स्टसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । थप जानकारीका लागि यस  977-014440115/116/123/124 नम्बरमा सम्पर्क राख्न सक्नुहुने छ । ://www.kamanasewabank.com/career.html