April 17th, 2019

३९ अर्ब कर तिर्न एनसेललाई सात दिने अल्टिमेटम

काठमाडौं : ठूला करदाता कार्यालयले पुँजीगत लाभकर तिर्न एलसेल प्रालिलाई सातदिने अल्टिमेटम दिएको छ। ठूला करदाता कार्यालयले मंगलबार तिर्नुपर्ने कर निर्धारण गरी कम्पनीलाई सात दिनभित्र तिर्न निर्देशन दिएको हो। कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने कर निर्धारण गरेको छ।

कार्यालयका उपसचिव मदन दाहालले मंगलबार एनसेललाई पँुजीगत लाभकर तिर्न पत्राचार गरेको जानकारी दिए। उनले भने, ‘उहाँहरूले पत्र पाइसकेको जानकारी आएको छ। अब सात दिनभित्र कर बुझाउनुपर्ने हुन्छ।’

एनसेलको बिक्रीबापतको कुल कर भने ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनुपर्ने हुन्छ। अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]