एनएमबि माइक्रोफाइनान्सले कमायो ३ करोड ३२ लाख

बैंकिङ खबर । १६ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको एनएमबि माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत बर्षको सोही अवधिको भन्दा ५२ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको ९ महिनामा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बचत तथा कर्जा
चैत मसान्तसम्ममा लघुवित्तले ९६ करोड ११ लाख निक्षेप संकलन गरी २ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा निक्षेपमा ५६ प्रतिशतले बृद्धि गरेको हो भने र कर्जा लगानीमा ३० प्रतिशतले वृद्धि गरेकोे छ ।

ब्याज आम्दानी
चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मा १४ करोड ३० लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको भन्दा १९ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३९ पैसा, मूल्य आम्दानी अनुपात ३६ दशमलव ५५, प्रतिशेयर नेटवर्थ १ सय ७४ रुपैयाँ ६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *